मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

हामीले हाम्रो धरातल विर्सनु हुँदैन : प्रशिक्षक गुरुङ

नेपाली राष्ट्रिय फुटसल टोलीले इरानमा एएफसी कप फुटसल च्याम्पियनसिप अन्तर्गत सेन्ट्रल तथा दक्षिण एसिया छनोट खेल खेल्दैछ। प्रतियोगिता अक्टोवर २३ देखि २६ सम्म इरानमा हुनेछ। 

हामीले हाम्रो धरातल विर्सनु हुँदैन : प्रशिक्षक गुरुङ
काठमाडौं - नेपाली राष्ट्रिय फुटसल टोलीले इरानमा एएफसी कप फुटसल च्याम्पियनसिप अन्तर्गत सेन्ट्रल तथा दक्षिण एसिया छनोट खेल खेल्दैछ। प्रतियोगिता अक्टोवर २३ देखि २६ सम्म इरानमा हुनेछ। 

प्रतियोगितामा सुधारिएको नतिजा निकाल्ने योजनामा रहेको नेपाली टोलीले आफ्नो धरातल नविर्सिने प्रशिक्षक विष्णु गुरुङले बताए। उनले नेपाली टोली प्रतियोगिताका लागि क्वालिफाई हुन नसके पनि पछिल्लो नतिजा भन्दा सुधारिएको प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। ‘हामीले प्रतियोगितामा क्वालिफाई हुन नसने पनि वेस्ट नतिजा दिनेछौं। किनकी हामी कुन स्थानबाट माथि उठ्दै छौं भन्ने  धरातल विर्सनु हुँदैन्।’, प्रशिक्षक गुरुङले भने, ‘२०१७ मा भएको छनोटमा हामी धेरै नै चुकेका थियौं। तर, यस पटक टोलीमा खेलाडीको सन्तुलन राम्रो भएकोले उत्कृष्ट नतिजाको आशा गर्न सकिन्छ।’

फुटसल आकारकै खुल्ला मैदानमा प्रशिक्षण गरिरहेका कारण खेलाडीलाई प्रतियोगितामा प्रतिष्पर्धा गर्न अझ सहज हुने उनले बताए। तर, इरानमा हुने छनोट खेल इन्डोर खेलिने भएकाले खेलका दौरान खेलाडीलाई केही असर पर्न सक्ने प्रशिक्षक गुरुङको बुझाइ छ। 

‘इरानमा इन्डोर खेल्ने भएकाले खेलाडीलाई केही मात्रामा फरक पर्ने देखिन्छ। खुल्ला मैदानमा प्रशिक्षण गरे जस्तै इन्डोरमा अक्सिजनको मात्रा कम हुने भएकाले सुरुवाती समय खेलाडीलाई केही असर पर्नेछ। तर, केही समय पछि खेलाडी त्यो हल भित्रको वातावरणसँग घुलमिल हुनेछन्।’, प्रशिक्षक गुरुङले भने, ‘टोलीमा युवा खेलाडी र राष्ट्रिय फुटबल टोलीकै पूर्व लेजेन्ड्री खेलाडी भएकाले नतिजा राम्रो आउने विश्वास छ। समग्रमा हाम्रो तयारी पनि राम्रो छ।’

पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ र आशिष लामा जस्ता स्टार खेलाडी टोलीमा रहेकाले अन्य युवा तथा नयाँ अनुहार खेलाडी पनि उत्साही देखिएका छन्। 

पछिल्लो नतिजालाई आत्मसात गर्दै यसपटकको नतिजामा सुधार ल्याउने पूर्व फुटबल खेलाडी विजय गुरुङले बताए। उनले टिममा सबैकुरा मिलेकाले राम्रो नतिजा आउनेमा विश्वस्त रहेको बताए।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तान, २४ मा उज्वेकिस्तान र २५ मा अफगानिस्तानसँग खेल्नेछ। ताजकिस्तान र उज्वेकिस्तान बलिया टोली रहेकाले नेपालको लक्ष्य दुबै टोलीलाई कम्तिमा बराबरीमा रोक्ने रहेको प्रशिक्षक गुरुङले बताए।  उनले भने, ‘हामीले ताजकिस्तान र उज्वेकिस्तानलाई रोक्न सकेमा र अफगानिस्तानलाई पराजित गर्न सके क्वालिफाईको आसा समेत हुनेछ। तर, ताजकिस्तान र उज्वेकिस्तानलाई रोक्नै नेपाललाई निकै गाह्रो छ।’
 
छनोट अन्तर्गत समूहका शीर्ष दुई टोलीले सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने छन्।
प्रतिक्रिया दिनुहोस्