मंगलबार, कात्तिक २६, २०७६

समाचार

सांसद साहलाई चार दिन थुनामा राख्न अदालतको आदेश

विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साह थप चारदिन थुनामा बस्नुपर्ने भएको छ । जिल्ला अदालत धनुषाले सांसद साहलाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

सांसद साहलाई चार दिन थुनामा राख्न अदालतको आदेश
जनकपुरधाम- विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साह थप चारदिन थुनामा बस्नुपर्ने भएको छ । 

जिल्ला अदालत धनुषाले सांसद साहलाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

मंगलबार काठमाण्डौं विमानस्थलबाट पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई बुधबार बिहान अदालतमा हाजिर गराएको थियो । अदालतले घटनाको अनुसन्धा गर्न चारदिन म्याद थप गरेको छ ।

विमान ढिलो भएको भन्दै सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए । 

सांसद साहले विमानस्थलमा तोडफोड गरेको भन्दै उड्डयन प्राधिकरणले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि जिल्ला अदालत धनुषाको आदेशमा उनलाई पक्राउ गरिएको हो।
 
यता साहलाई बिनाशर्त रिहा गर्नुपर्ने भन्दै राजपा आन्दोलनमा उतारेको छ। राजपाको आन्दोलनका कारण बिहानैदेखि जनकपुर ठप्प छ । 
प्रतिक्रिया दिनुहोस्