बुधबार, कात्तिक २७, २०७६

समाचार

म्यानमार र जापान भ्रमणमा निस्किदै राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) बाट ६ दिने विदेश भ्रमणमा निस्किने भएकी छिन् । ​​​​​​​४ दिन म्यानमार र २ दिन जापानको ...

म्यानमार र जापान भ्रमणमा निस्किदै राष्ट्रपति
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) बाट ६ दिने विदेश भ्रमणमा निस्किने भएकी छिन् ।

४ दिन म्यानमार र २ दिन जापानको राजकीय भ्रमणका लागि उनी आज त्सतर्फ प्रस्थान गर्न लागेकी हुन् । 

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् ।  

उनले आफ्नो भ्रमणको सुरुवात म्यानमारबाट गर्ने भएकी छिन् । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गर्नेछिन् । 

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । 

राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । जापान भ्रमणपछि उनी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्