मंगलबार, मंसिर ३, २०७६

विदेश

सिलिण्डर पड्किँदा उत्तर प्रदेशमा १२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा एउटा ग्यास सिलिण्डर पड्किँदा १२ जनाको मृत्यु भएको छ।

सिलिण्डर पड्किँदा उत्तर प्रदेशमा १२ जनाको मृत्यु
एजेन्सी- भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा एउटा ग्यास सिलिण्डर पड्किँदा १२ जनाको मृत्यु भएको छ।

सिलिण्डर पड्किएर तीनवटा घर भत्किँदा अन्य १२ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ।

मउ जिल्लाको मुहम्मदाबाद गोहना कोतवाली क्षेत्रको बदलीपुर नगर पञ्चायतमा सोमबार बिहान पौने ७ बजे सिलिण्डर पड्किँदा दुईवटा घर पूर्ण रुपमा ध्वस्त भएको र एउटा घर सामान्य रुपमा भत्किएको जनाइएको छ।

घर भत्किएर पुरिँदा ठूलो संख्यामा जनधनको क्षति भएको अधिकारीहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्