मंगलबार, कात्तिक २६, २०७६

समाज

नेपाल र चीनबीच भएका २० सहमति यस्ता छन्

नेपाल र चीनबीच विभिन्न २० वटा सहमति, समझदारी तथा सन्धी भएका छन्।

नेपाल र चीनबीच भएका २० सहमति यस्ता छन्
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली (दायाँ) र चिनियाँ विदेश मन्त्री वाङ यी । तस्बिर : रासस
काठमाडौं- नेपाल र चीनबीच विभिन्न २० वटा सहमति, समझदारी तथा सन्धी भएका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका क्रममा काठमाडौंमा सहमति, समझदारी तथा सन्धी भएका हुन्।

दुई देशका विभिन्न मन्त्रालय तथा अन्य नियोगहरुबीच सीमा व्यवस्थापन, नेपालको प्रशासन क्षमता अभिवृद्धि, सगरमाथाको संरक्षण लगायतका विषयमा समझदारी भएका छन्। 

यस्ता छन् नेपाल र चीनबीच भएका २० वटा सहमति

१. सीमा व्यवस्थापन प्रणालीमा सम्झौता।

२. प्रशासन क्षमता अभिवृद्धिमा सहयोग समझदारी।

३. आपराधिक गतिविधिसँग सम्बन्धित विषयमा आपसी कानूनी सहायता सम्बन्धी सन्धी।

४. सगरमाथा÷चोमोलोङ्मा संरक्षण सहकार्यमा समझदारी।

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पदानशील क्षमता अभिवृद्धिमा सहकार्य एवम् लगानी बढाउने प्रमुख परियोजनाहरुमा समझदारी।

६. चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न ‘एक्सचेन्ज अफ नोट’।

७. नेपाल–चीन सीमा वारपार रेल्वे परियोजना सम्भावना अध्ययन अघि बढाउने समझदारी।

८. काठमाडौं र नान्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना।

९. बुटवल र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना।

१०. नेपाल–चीनबीच एकअर्का मुलुकमा परम्परागत औषधि उत्पादनबारे समझदारी।

११. विपद् जोखिम न्युनिकरण तथा आपतकालीन तैनाथी व्यवस्थापन समझदारी।

१२. चीनको सर्वोच्च जन न्यायाधीवक्ता र नेपालका महान्याधीवक्ताको कार्यालयबीच आवश्यक सहकार्यमा समझदारी।

१३. त्रिभुवन विश्वविद्यालय र कम्फ्युसियस इन्स्टिच्युटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति।

१४. नेपाल चीनबीच सुन्तला प्रजातिका फलफूल उत्पादनमा आवश्यक वनस्पती स्वास्थ्य सरोकारका साझा मुद्दामा समझदारी।

१५. व्यापार सहजताका लागि संयुक्त कार्यदल स्थापना गर्ने समझदारी।

१६. नेपालमा चाइना–एड भूकम्प अनुगमन सञ्जाल परियोजनाका लागि आपूर्ति तथा स्वीकृति पत्रको व्यवस्था।

१७. दुईपक्षीय लगानी सहकार्यका लागि कार्यदल स्थापना गर्ने समझदारी।

१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य नियोगबीच सुरुङ निर्माण सम्बन्धी सम्झौता।

१९. सीमा सुरक्षा उपकरण तथा कार्यलय उपकरणबारे दुईपक्षीय पत्राचार।

२०. काठमाडौं उपत्यका खानेपानी आपूर्ति तथा सुधार परियोजनाको चाइना एडले गर्ने सम्भाव्यता अध्ययन सम्बन्धी निर्णय।

 
प्रतिक्रिया दिनुहोस्