बुधबार, कात्तिक २७, २०७६

विदेश

‘फ्रि तिब्बत’ माग्दै प्रदर्शन गरेको आरोपमा ५ विद्यार्थी पक्राउ

चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणका बेला ‘फ्रि तिब्बत’को माग गर्दै प्रदर्शन गरेको आरोपमा पाँच विद्यार्थी पक्राउ परेका छन्।

‘फ्रि तिब्बत’ माग्दै प्रदर्शन गरेको आरोपमा ५ विद्यार्थी पक्राउ
सांकेतिक तस्बिर।
काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणका बेला ‘फ्रि तिब्बत’को माग गर्दै प्रदर्शन गरेको आरोपमा पाँच विद्यार्थी पक्राउ परेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सीलाई भेट्न चेन्नईमा उत्रेलगतै विद्यार्थीले प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

उनीहरु तिब्बती विद्यार्थी भएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्