आइतबार, माघ १२, २०७६

z
समाचार

चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यात्ने दुई पक्राउ

 चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुईलाई प्रहरीले पक्राउ गरेको छ।

चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यात्ने दुई पक्राउ
काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुईलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोपाल सार्की र राजकुमार ठाकुर छन्। उनीहरूलाई बिजुली बजार पुल र तीनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।

दुवैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्