बिहिबार, मंसिर ५, २०७६

अर्थ

कहाँ खर्च गर्ने दसैंको दक्षिणा ? 

दक्षिणाले यही गर्छु भन्ने सोच नबनाइसकेको भए तपाईंका लागि दुईवटा विकल्प हुन सक्छ। पहिलो, सेयरमा लगानी गर्ने र दोस्रो बिमा गरेर आफ्नो भविष्य सुनिश्चित गर्ने।

कहाँ खर्च गर्ने दसैंको दक्षिणा ? 
काठमाडौं- दसैंमा पाएको दक्षिणा के गर्ने सोचाइमा हुनुहुन्छ ? दक्षिणाले यही गर्छु भन्ने सोच नबनाइसकेको भए तपाईंका लागि दुईवटा विकल्प हुन सक्छ। पहिलो, सेयरमा लगानी गर्ने र दोस्रो बिमा गरेर आफ्नो भविष्य सुनिश्चित गर्ने।

तपाईंले पाएको दक्षिणा सेयरमा लगानी गर्न सक्नुहुन्छ। हु्न त दक्षिणा थोरै नै हुन्छ। थोरै भए पनि बचत गर्ने सोचमा हुनुहुन्छ र सेयरमा लगानी गर्न चाहनुहुन्छ भने तपाईंले आधारमूल्य (आइपिओको मूल्य अर्थात् १०० रुपैयाँ) भन्दा कम रकम भएका कम्पनीको सेयर खरिद गरी दक्षिणाको सदुपयोग गर्न सक्नुहुन्छ। 

यति बेला दोस्रो बजारमा सेयरको मूल्य घटेको छ जुन लगानीका लागि उपयुक्त समय हो। दोस्रो बजारमा १८ कम्पनीको मूल्य आधा मूल्यभन्दा कममा खरिद गर्न सकिन्छ। ती कम्पनीको मूल्य प्रतिसेयर ५३ रुपैयाँदेखि ९८ रुपैयाँसम्म पर्दछ । सय रुपैयाँभन्दा कममा पाइने भएकाले दसंैमा पाएको दक्षिणाको रकम यी कम्पनीमा लगानी गर्न सक्नुहुन्छ। 

दोस्रो विकल्प अर्थात् बिमा गर्न चाहनुहुन्छ भने विभिन्न कम्पनीले बिमा पोलिसी जारी गरिरहेका छन्। ती बिमा कम्पनीहरुको बिमा पोलिसी किन्न सक्नुहुन्छ। 

अविवाहित हुनुहुन्छ भने साधारण बिमा पोलिसी खरिद गर्न सक्नुहुन्छ। विवाहित हुनुहुन्छ भने दम्पती बिमा योजना लिन सक्नुहुन्छ। बालबच्चा पनि छन् भने बच्चाको भविष्यको लागि सोचेर सुरक्षा जीवन बिमा योजना, केटाकेटी जीवन बिमा योजना, जीवन लक्ष्मी बिमा योजना लगायत विभिन्न बिमा पोलिसी खरिद गर्न सक्नुहुन्छ। जसले गर्दा प्रत्येक बर्षमा पाउने दक्षिणाले तपाईं सो पोलीसीको रकम भुक्तानी गर्न सक्नुहुन्छ र त्यसका लागि थप भार रकम पर्दैन। 

प्रतिक्रिया दिनुहोस्