सोमबार, मंसिर ३०, २०७६

समाचार

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी छन्। 

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना
काभ्रे : राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी छन्। 

राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिर पुनःनिर्माणबारे चासो राखेकी थिइन्। साथै उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएकी थिइन्। 

बिहान १०ः०५ बजे मन्दिर आइपुगेकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए। 
 
प्रतिक्रिया दिनुहोस्