बुधबार, कात्तिक २७, २०७६

समाचार

जमराको जुस : मुटु, रक्तचाप, मधुमेहका बिरामीलार्इ उपयोगी

विभिन्न रोगका रोगिका लागि उपयोगी जमराको जुस उत्पादन शुरू भएको छ । दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको हो ।  काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो । 

जमराको जुस : मुटु, रक्तचाप, मधुमेहका बिरामीलार्इ उपयोगी
दाङ- विभिन्न रोगका रोगिका लागि उपयोगी जमराको जुस उत्पादन शुरू भएको छ । दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको हो । 

काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो । 

घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या बढ्दै गएको प्रालि प्रमुख बालिका लामिछानेले जानकारी दिए । 

प्रतिगिलास एक सय २५ रुपैयाँमा बिक्री भइरहेको यो जुस मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा पुग्ने चिकित्सकहरुले बताएका छन् । बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ । 

उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेको बिहानदेखि नै भीडभाड हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्