आइतबार, माघ १२, २०७६

z
समाचार

अपरिचित समूहको कुटाईबाट गाउँपालिकाका अधिकृत घाइते

मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत परशुराम उपाध्यलाई अपरिचित समूहले कुटपिट गरेको छ। कुटपिटबाट अधिकृत उपाध्याय गम्भीर घाइते भएका छन्।

अपरिचित समूहको कुटाईबाट गाउँपालिकाका अधिकृत घाइते
सुर्खेत - मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत परशुराम उपाध्यलाई अपरिचित समूहले कुटपिट गरेको छ। कुटपिटबाट अधिकृत उपाध्याय गम्भीर घाइते भएका छन्।

उपाध्यायको टाउको र शरीरमा गम्भीर चोट लागेको छ। टाउकोमा ११ वटा टाँका लगाएको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि गृह मन्त्रालयसँगको समन्वयमा हेलिकप्टरबाट आज नै कोहलपुर मेडिकल कलेज पठाइएको छ।

मुगुका डिएसपी भवनेश्वरप्रसाद शाहका अनुसार ९ जनाको समूहमा आएको समूहले अधिकृत उपाध्यक्षमाथि कुटपिट गरेको हो। कुटपिटमा संलग्नहरुको खोजी गरिरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्