सोमबार, मंसिर ३०, २०७६

समाचार

जापान जाने भाषा परीक्षामा सहभागीको छनोट गोलाप्रथाबाट हुने

जापान जानका लागि भाषा परीक्षामा सहभागि हुन परेका निवेदन अत्यधिक भएपछि गोलाप्रथाबाट छनोट गरिने भएको छ ।

जापान जाने भाषा परीक्षामा सहभागीको छनोट गोलाप्रथाबाट हुने
काठमाडौं–  जापान जानका लागि भाषा परीक्षामा सहभागि हुन परेका निवेदन अत्यधिक भएपछि गोलाप्रथाबाट छनोट गरिने भएको छ ।

स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदार छनौट गर्ने जिम्मा पाएको जापान फाउन्डेसनले यसअघि पहिलो फर्म भर्ने हजार जना नेपालीलाई परीक्षामा सहभागी गराउने भनेको थियो ।

धेरै नेपालीहरु भाषा परीक्षामा संलग्न हुन इच्छुक भएकोले गोलाप्रथाबाट छनोट गर्नुपर्ने अवस्था आएको फाउन्डेसनले जनाएको छ । 

फाउन्डेसनका अनुसार भाषा परीक्षा पहिलो चरणमा अक्टोबर २७ देखि २९ सम्म, दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ सम्म र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म हुनेछ।

भाषा परीक्षामा सहभागिताका लागि अक्टोबर ३ सम्म फाराम भर्न पाउने व्यवस्था गरिएको छ । फाराम भरेकामध्येबाट गोला प्रथाको आधारमा छनोट गरी एक हजार जनालाई मात्र परीक्षामा सहभागी गराइने र छनोट भएकाहरुलाई इमेलमार्फत जानकारी गराइने फाउन्डेसनले जनाएको छ ।

भाषा परीक्षामा ६० प्रतिशतभन्दा बढी ल्याउनेलाई मात्रै जापान लैजाने फाउन्डेसनले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्