आईतबार, असोज ११, २०७७

z

जुम्लामा यसरी भित्र्याइयो दसैं

जुम्लाको खलंगास्थित चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा (कपडा) राखेर दसैं भित्र्याइएको हो।

जुम्लामा यसरी भित्र्याइयो दसैं
सुर्खेत-  जुम्लामा दसैंलाई विशेष तरिकाले भित्र्याइएको छ। खलंगास्थित चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा (कपडा) राखेर दसैं भित्र्याइएको हो।

स्थानीय संस्कृतिविद् रमानन्द आचार्यका अनुसार घटस्थापनाकै दिन पारेर मन्दिरमा विजय स्तम्भसहित पुराना लिंगो झिकेर नयाँ लिंगो खडा गरिन्छ। सन् १४९८ मा तत्कालीन राजाले चीनसँग युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएदेखि नै मन्दिरमा लिंगो खडा गर्न थालिएको जनश्रुति छ।

एक वर्षमा ५२ साता हुने भएकाले ५२ हाते ध्वजासहित ५२ हाते लिंगो खडा गर्ने परम्परा रहेको स्थानीय देवीकृष्ण उपाध्याय बताउँछन् । घटस्थापनकै दिन हरेक वर्ष पुरानो लिंगो झिकेर नयाँ लिंगो खडा गरिन्छ । लिंगोमा बाँधिएका धजा लिन स्थानीयबीच ठूलै रक्साकस्सी चल्छ । त्यस्ता धजा घरमा राखेमा शान्ति र मनले चिताएको पूरा हुने जनविश्वास छ । 
 
प्रतिक्रिया दिनुहोस्