बुधबार, कात्तिक २७, २०७६

समाचार

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ...

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
चितवन- जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माडी नगरपालिका-१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको कुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए ।

स्थानीयका अनुसार धानबालीमा केही दिनदेखि चर्न पल्केको हात्ती शनिबार गाउँ पसेको हो ।
प्रतिक्रिया दिनुहोस्