मंगलबार, मंसिर ३, २०७६

समाचार

१८ केजी चाँदीसहित जनकपुरबाट एकजना पक्राउ

१८ केजी अवैध चाँदीसहित प्रहरीले जनकपुरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ सहोरबा बस्ने ३० वर्षीय भरतकुमार साह रहको प्रहरीले जनाएको छ।

१८ केजी चाँदीसहित जनकपुरबाट एकजना पक्राउ
जनकपुरधाम- १८ केजी अवैध चाँदीसहित प्रहरीले जनकपुरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ सहोरबा बस्ने ३० वर्षीय भरतकुमार साह रहको प्रहरीले जनाएको छ।

साहलाई जनकपुरधाम उपमहानगरपालिका–२२ बिसविट्टीबाट शुक्रबार पक्राउ गरेको हो। ज ७ प ५७७१ नम्बरको मोटरसाइकल चढेर गइरहेको अवस्थामा चेकजाँचको क्रममा साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

जनकपुरबाट भारततर्फ लग्दै गरेको अवस्थामा साहलाई अवैध चाँदीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रतीले जानकारी दिएका छन्। चेकजाँचको क्रममा साहसँग रहेको पाँचवटा पोकामा उक्त परिमाणको चाँदी फेला परेको उप्रेतीले बताए।

बरामद गरिएको चाँदीको बजार मूल्य करिब १३ लाख ५० हजार रहेको बताइएको छ। पक्राउ परेका साहलाई थप कारबाहीका लागि सशस्त्र प्रहरीले भन्सारको जिम्मा लगाएको छ।

पछिल्लो पटक भारतभन्दा चाँदीको मूल्य सस्तो भएपछि नेपालबाट त्यसतर्फ तस्करी गर्ने क्रम बढेको छ। यसअघि सशस्त्र प्रहरीकै टोलीले महोत्तरीको मठिहानी नाकाबाट चाँदी बोकेर भारततर्फ लग्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्