मंगलबार, मंसिर ३, २०७६

समाचार

धनुषामा सुतिरहेका एक दम्पतीसहित तीनजनाको मृत्यु

करेन्ट लागेर धनुषामा श्रीमान-श्रीमतीसहित तीनजनाको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–४

धनुषामा सुतिरहेका एक दम्पतीसहित तीनजनाको  मृत्यु
जनकपुरधाम–  धनुषाको पोर्तहामा घरमा सुतिरहेका एक दम्पतीसहित तीनजनाको मृत्यु भएको छ । 

गणेशमान चारनाथ नगरपालिका–४ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्तहाको पूर्वेली स्टाफ होटलका सञ्चालक शिवकुमार महतो, उनकी श्रीमती र एकजना कामदारको मृत्यु भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिएका छन् ।

कोठाभित्र रहेको फ्रिज जलेको अवस्थामा फेला परेकोले उक्त घरमा विद्युत सर्टसर्किट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

फ्रिजमा आगोलाग्दा निस्केको धुवाँले निदाइरहेका तीनैजनाको निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान घरका कोही नउठेपछि ढोका उघारेर हेर्दा तीनैजना मृतअवस्थामा फेला परेका थिए । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

यता विद्युत प्राधिकरणको लापरवाहीले तीन जनाको मृत्यु भएको भन्दै स्थानीयवासिन्दाले आक्रोश व्यक्त गरेका छन् । 
 
प्रतिक्रिया दिनुहोस्