मंगलबार, मंसिर ३, २०७६

समाचार

मालपोतका कार्यालय सहयोगी घुससहित पक्राउ

भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी अर्जुनकुमार मण्डललाई घुससहित पक्राउ गरेको हो।

मालपोतका कार्यालय सहयोगी घुससहित पक्राउ
जनकपुरधाम – भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी अर्जुनकुमार मण्डललाई घुससहित पक्राउ गरेको हो।

मोही जग्गाको बाँडफाटसम्बन्धी मुद्दाको लगत कट्टा गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटेको टोलीले मण्डललाई पक्राउ गरेको बताएको छ।

सेवाग्राहीसँग दुई हजार घुसवापतको रकम लिइसकेको अवस्थामा मण्डललाई रकमसहित कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्