बुधबार, कात्तिक २७, २०७६

समाचार

दुर्घटनामा दुईको मृत्यु 

दाङमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ ।

दुर्घटनामा दुईको मृत्यु 
सांकेतिक तस्बिर ।
दाङ- जिल्लामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । दुर्घटनामा घोराही उपमहमानगरपालिका-९ का २५ वर्षीय मनोज विक र सोही नगरपालिकाको वडा नम्बर ५ का २५ वर्षीय दीपक विकको ज्यान गएको हो । 

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा४प ७४९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोकिएको थियो । दुर्घटनामा घाइते दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।  
प्रतिक्रिया दिनुहोस्