शनिबार, फागुन १७, २०७६

z
समाचार

विभूषण पाउनेमध्ये ३४ जना पत्रकार

संविधान दिवसको अवसरमा सरकारले ६ सय ३४ जनालाई विविध मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ।

विभूषण पाउनेमध्ये ३४ जना पत्रकार
काठमाडौं - संविधान दिवसको अवसरमा सरकारले ६ सय ३४ जनालाई विविध मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। गृह मन्त्रालयले जारी गरेको विभिन्न अलंकार र पदकद्वारा विभुषित हुने व्यक्तिको सूचीमा ३४ जना पत्रकार छन् ।

राजधानी दैनिकका प्रकाशक  महेन्द्र शेरचनले सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पाउने भएका छन्। त्यस्तै प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट २३ जना पत्रकारहरु सम्मानित हुने भएका छन्।

सो पदकबाट सम्मानित हुनेमा गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोपाल गुरागाई, गोविन्द्रप्रसाद चौलागाई, टंक पन्त, नितु पण्डित, फुलमान वल, राजबहादुर गुरुङ, राजेन्द्र अर्याल, लक्ष्मी पुन, सूर्यबहादुर थापा, हरीप्रसाद जोशी, चन्द्र न्यौपाने,  मोहन चापागाई,  सुभाष खतिवडा, दिनेश पाण्डे,  गोविन्द थापा, बलराम थापा,  महेश दास, यज्ञप्रसाद शर्मा र बद्रीकाजी गुरुङ छन्।
 
त्यस्तै जनसेवा श्री (पंचम श्रेणी) गंगा पौडेल बराल, डिआर घिमिरे, विदुर गिरी, दुर्गा प्रसाद शर्मा, देवराम यादव, छेटु शेर्पा, सिद्धराज राई, वसन्तप्रताप सिंह, विष्णुलाल बुढा, श्यामसुन्दर यादव र माधव नेपाललाई प्रदान गरिने सरकारले घोषणा गरेको छ।

सरकारले ४ सय ५० जनालाई मानपदवी, १ सय ५६ जनालाई अलंकार र २८ जनालाई विभिन्न पदक प्रदान गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्