आइतबार, फागुन ११, २०७६

z
समाचार

यस्तो देखियो टुँडिखेलमा संविधान दिवस

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै छ।

यस्तो देखियो टुँडिखेलमा संविधान दिवस
काठमाडौं - संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै छ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।

संविधान दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिँदैछ। सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। 

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवं नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं सञ्चारकर्मीको उपस्थिति रहेको थियो। 

सोही समारोहका केही तस्बिरहरु (तस्बिर : नेपाल समय)

















प्रतिक्रिया दिनुहोस्