बुधबार, कात्तिक २७, २०७६

समाचार

स्थानीय तहमा विप्लव समूहको भित्ते लेखन

सल्यानमा नेत्रविक्रम चन्द विप्लवले जनप्रतिनिधि विरोधी अभियान सुरु गरेको छ।

स्थानीय तहमा विप्लव समूहको भित्ते लेखन
सुर्खेत- सल्यानमा नेत्रविक्रम चन्द विप्लवले जनप्रतिनिधि विरोधी अभियान सुरु गरेको छ।

विप्लव निकट अखिल क्रान्तिकारी सल्यानले जिल्लाको दार्मा र कुमाख गाउँपालिकाका वडा कार्यालयहरुमा जनप्रतिनिधि विरोधी पेन्टिङ अभियान सुरु गरेको हो।

वडा कार्यालयहरुमा रातो अक्षरले नारा लेखिएको स्थानीयले बताएका छन्। 

साँझ अफिस बन्द गरेर गएको र बिहान आउँदा ‘विप्लव दाई जिन्दावाद’ जस्ता नारा देखिएको कर्मचारीले बताए।

भित्तामा ‘संसदीय सत्ता खारेज गर, विप्लव दाई जिन्दावाद, अवैध खोलिएका शैक्षिक संस्था खारेज गर, भ्रष्ट दलाल जनप्रतिनिधि मुर्दावाद’ लेखिएको छ।
प्रतिक्रिया दिनुहोस्