मंगलबार, मंसिर ३, २०७६

मनोरञ्जन

'ड्रीम गर्ल'को कमाई तीन दिनमा ४४ करोड़ 

आयुष्मान खुराना र नुसरत भरूचा अभिनित बलिउड फिल्म 'ड्रीम गर्ल' बक्स अफिसमा हिट भएको छ । 

'ड्रीम गर्ल'को कमाई  तीन दिनमा ४४ करोड़ 
एजेन्सी– आयुष्मान खुराना र नुसरत भरूचा अभिनित बलिउड फिल्म 'ड्रीम गर्ल' बक्स अफिसमा हिट भएको छ । 

सुरुकै दिनमा १०.५ करोड़ कमाई गरेको फिल्मले दोस्रो दिन  ६३.३८५ प्रतिशत बढी कमाई गरेर दुई दिनमै २६.४७ करोड़ कमाई गरेको थियो ।

फिल्म व्यवसायका जानकारहरुले यो फिल्मले आगामी दिनमा दैनिक झन् धेरै कमाई गर्ने बताएका छन् । 

फिल्ममा आयुष्मान र नुसरतसहित अन्नू कपूर, मनजोत सिंह,  विजय राज,  अभिषेक बनर्जी,  राजेश शर्मा र निधि बिष्टको महत्वपूर्ण भूमिका छ । 

ड्रीम गर्लमा आयुष्मान हॉटलाइनमा काम गर्ने एक व्यक्तिको भूमिकामा छन् जसले आफ्ना ग्राहकसँग महिलाको आवाज़मा कुरा गर्छ । तर, कतिपय ग्राहक त्यही हटलाइन व्यक्तित्वको प्रेममा पर्न थालेपछि अप्ठ्यारो सुरु हुने फिल्मले दर्शकलाई निकै हँसाउँछ । 

फिल्मका निर्देशक राज शांडिल्य हुन् भने यसको निर्माण एकता कपूरले गरेकी हुन् । 
 
प्रतिक्रिया दिनुहोस्