बुधबार, कात्तिक २७, २०७६

समाचार

कांग्रेसले राजा फर्काउन लागेको भन्नु वाहियात कुरा हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन लागेको भन्नु वाहियात कुरा भएको बताएका छन् । 

कांग्रेसले राजा फर्काउन लागेको भन्नु वाहियात कुरा हो : देउवा
फाइल तस्बिर।

दाङ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन लागेको भन्नु वाहियात कुरा भएको बताएका छन् । 

शनिबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन। त्यसैले फेरि राजा फर्किने कुरै छैन। कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो ।”

उनले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने दोषीलाई कारवाही नभएसम्म कांग्रेस चुप लागेर नबस्ने बताए । “अधिकानायवादी सोच भएका कम्युनिस्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन्। आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छ्न्,” देउवाले भने । 

 
प्रतिक्रिया दिनुहोस्