बुधबार, कात्तिक २७, २०७६

समाचार

सिद्धबाबामा पहिरोले २ गाडी पुर्दा १ को मृत्यु,  ४ घाइते

पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरोले दुई वटा सवारीसाधन पुर्दा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। 

सिद्धबाबामा पहिरोले २ गाडी पुर्दा १ को मृत्यु,  ४ घाइते
काठमाडौं- पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरोले दुई वटा सवारीसाधन पुर्दा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। 
 

शुक्रबार बिहान करिब साढे १० बजेतिर पहिरोले गाडी पुर्दा गुल्मी छापाचौरका २६ वर्षीय कमल परियारको ज्यान गएको छ। परियार लु १ ज २६१७ नम्बर गाडीका चालक हुन्। सोही गाडीमा सवार रुपन्देही तिलोत्तमा२ का ललित मल्ल, गुल्मी पूर्तिघाटका प्रेम सुनार, बुटवलका मिलन साह र बुटवलकै नरेन्द्र हमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जितेन्द्र जिसीका अनुसार घाइते सबैको बुटवलमा उपचार भइरहेको छ। पहिरोले पुरिएको लु २ च नम्बरको स्कारपियो जिपमा सवार भने सबै सकुशल छन्। रातभर पानी परेकाले माथिबाट ढुंगा खसेर सडक अवरुद्ध भएको थियो। करिब डेढ घण्टापछि अवरुद्ध सडक खुलाइएको जिसीले जानकारी दिए।  
 
प्रतिक्रिया दिनुहोस्