विहीबार, फागुन ८, २०७६

z
समाचार

'स्वास्थ्य मन्त्रीज्यू राजीनामा दिनुस्'

बिहीबारको प्रतिनिधि सभा बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरिएको छ। नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले विशेष समयमा बोल्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

'स्वास्थ्य मन्त्रीज्यू राजीनामा दिनुस्'
काठमाडौं - बिहीबारको प्रतिनिधि सभा बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरिएको छ। नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले विशेष समयमा बोल्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

मुलुक डेंगुले आतंकित र आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले स्वास्थ्य मन्त्रीले राजीनामा दिनु पर्ने बताए। गौतमले भने, 'दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न नसके कसले गर्छ? मन्त्री र स्वास्थ्यकर्मीसमेत डेंगुबाट प्रभावित भएका छन्। स्वास्थ्यमन्त्री चुप बस्नु भएको छ। त्यसैले म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु।'

सांसद गौतमले सरकार कुम्भकर्णको निद्रामा सुतेको आरोप लगाउँदै तत्काल संकटकाल घोषणा गर्न माग गरे। उनले रुलिङ गरेर झारा टार्ने काम नगर्नसमेत सरकारलाई चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस्