विहीबार, फागुन ८, २०७६

z
समाचार

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

रुकुमकाे मुसीकोट नगरपालिका– १०, चुनमा पहिरोमा पुरिएर दुई बालिकाको ज्यान गएको छ । 

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु
सांकेतिक तस्बिर ।
रुकुम- जिल्लाको मुसीकोट नगरपालिका- १०, चुनमा पहिरोमा पुरिएर दुई बालिकाको ज्यान गएको छ । 

बुधबार बेलुकी ५ः३० बजे बाटो माथिबाट गएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर बिककी छोरी डिलमाया (१२) र सोही ठाउँकी रणबहादुर कामीकी छोरी सावित्री (१०)को ज्यान गएको हो ।  

विद्यालयबाट घर फर्किने क्रममा पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्