बुधबार, कात्तिक २७, २०७६

विचित्र दुनिया

भुलबश खातामा जम्मा भएको डेढ करोड रुपैयाँ खर्च गरेपछि...

अमेरिकाको पेन्सिलभेनियास्थ्ति मोन्टुर्सविलेमा बस्ने दम्पत्ति रोबर्ट र टिफनी विलियम्सको खातामा बैंकका कर्मचारीको गल्तीबाट १ लाख २० हजार डलर अर्थात् करिब १ करोड ३८ लाख रुपैयाँ ट्रान्सफर भयो।

भुलबश खातामा जम्मा भएको डेढ करोड रुपैयाँ खर्च गरेपछि...
एजेन्सी- अमेरिकाको पेन्सिलभेनियास्थ्ति मोन्टुर्सविलेमा बस्ने दम्पत्ति रोबर्ट र टिफनी विलियम्सको खातामा बैंकका कर्मचारीको गल्तीबाट १ लाख २० हजार डलर अर्थात् करिब १ करोड ३८ लाख रुपैयाँ ट्रान्सफर भयो। आफ्नो खातामा पैसा जम्मा हुनासाथ उनीहरुले एक लाख ७ हजार डलर रकम खर्च गरे।

लिकमिङ्ग मजिस्ट्रेड जिल्ला अदालतमा दायर भएको मुद्दा अनुसार उनीहरु अहिले रकम चोरीको आरापको सामना गरिरहेका छन्।

सोमबार उक्त केश पहिलो पटक सुनुवाई भयो। सुनुवाईका क्रममा दुबै जनाले आफूहरुले खर्च गरेको पैसा भूलबस आफ्नो अकाउन्टमा जम्मा भएको स्वीकार गरेका छन्। यसरी भुलबस जम्मा भएको पैसाको ठूलो हिस्सा अर्थात् करिब एक करोड २३ लाख उक्त दम्पत्तिले खर्च गरिसकेका थिए।

यसरी खर्च गरेर उनीहरुले लक्जरीयस गाडी तथा अन्य सामानहरु खरिद गरेपछि अब तुरुन्त उक्त रकम फिर्ता गर्न उनीहरु असक्षम भएका छन्।
अदालतले अर्को सुनुवाई सम्मका लागि दुबैलाई २५ हजार डलरको धरौटीमा छोडेको छ।

टिफनी विलियम्सका अनुसार त्यसरी बैंकमा जम्मा भएको पैसाबाट एउटा साथीलाई तिर्नुपर्ने १५ हजार डलर ऋण तिरेको र बाँकी पैसाले अन्य सामानहरु खरिद गरेका थिए।

अधिकारीहरुका अनुसार बैंकका कर्मचारीको गल्तीले गत मे ३१ मा उक्त दम्पत्तिको खातामा पैसा जम्मा भएको थियो। त्यसपछि दम्पत्तिले आवश्यक खर्च गरिरहेका थिए।
अहिले उनीहरु आफूले चलाएको पैसा तिर्न तयार रहेको बताएका थिए।

बैंकमा जम्मा भएको पैसा आफूखुसी खर्च गरेका दम्पत्तिको फोटो सार्वजनिक भएपछि धेरैले उनीहरुको खिल्ली उडाएर टिप्पणी लेखेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्