शुक्रबार, मंसिर ६, २०७६

बजार

भद्रगोलबाट बाहिरिएको टिमले नयाँ टेलिश्रृङ्खला निर्माण गर्दै

नेपाल टेलिभिजनबाट प्रशारण हुने भद्रगोलबाट बाहिरिएको टिमले नयाँ हाँस्य टेलिश्रृङ्खला निर्माण गर्ने भएको छ।

भद्रगोलबाट बाहिरिएको टिमले नयाँ टेलिश्रृङ्खला निर्माण गर्दै
काठमाडौं - नेपाल टेलिभिजनबाट प्रशारण हुने भद्रगोलबाट बाहिरिएको टिमले नयाँ हाँस्य टेलिश्रृङ्खला निर्माण गर्ने भएको छ। अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्रि) ले नयाँ टेलिश्रृङ्खला निर्माण गर्ने भएका हुन्। उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ। 

टेलिश्रृङ्खला आउँदो असोज २ गते बिहीबारबाट नेपाल टेलिभिजनमै प्रशारण हुने छ। टेलिश्रृंखलाको नाम सार्वजनिक गर्न निर्माण पक्षले बुधबार पत्रकारसम्मेलनको आयोजना गरेको छ।  
प्रतिक्रिया दिनुहोस्