विहीबार, फागुन ८, २०७६

z
खेलकुद

नेपालको लक्ष्य फाइनल

किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार)आफ्नो लिगको अन्तिम खेल खेल्दै छ। लिगको अन्तिम खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दै छ। खेल नेपाली समय अनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ।

नेपालको लक्ष्य फाइनल
एजेन्सी- किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार)आफ्नो लिगको अन्तिम खेल खेल्दै छ। लिगको अन्तिम खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दै छ। खेल नेपाली समय अनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ।

लिगका समान दुई दुई खेल खेलेका नेपाल र ताजिकिस्तानले समान एक खेलमा जित र एक खेलमा हार ब्यहोरेका छन्। त्यसैले फाइनल प्रवेशका लागि दुबै टोलीलाई जित अत्यन्तै आवस्यक छ। 

नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने नेपाल उज्बेकिस्तानसँग २-० ले पराजित हसन पुग्यो। 

यता ताजिकिस्तानले पहिलो खेलमा उज्बेकिस्तानसँग १२-० को फराकिलो हार ब्यहोर्दा, दोस्रो खेलमा भने किर्गिस्तानलाई २-१ ले पराजित गरेको थियो।  

आयोजक किर्गिस्तान प्रतियोगिताबाट बाहिरि सक्दा उज्बेकिस्तानले भने प्रतियोगिताको फाइनलमा स्थान बनाइ सकेको छ। प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्