विहीबार, फागुन ८, २०७६

z
अर्थ

बैंकहरुमा आरटीजीएस लागू, अब चेक काट्ने झन्झट हुने छैन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) लागू गरेको छ। गभर्नर डा. चिरन्जीवी नेपालले आरटीजीएस लागू गर्नु ठूलो उपलब्धि ठानेका छन् ।

बैंकहरुमा आरटीजीएस लागू, अब चेक काट्ने झन्झट हुने छैन
काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ९आरटीजीएस० लागू गरेको छ। गभर्नर डा। चिरन्जीवी नेपालले आरटीजीएस लागू गर्नु ठूलो उपलब्धि ठानेका छन् ।

बिहीबारबाट २८ वटै वाणिज्य बैंकहरुमा आरटीजीएस प्रणाली लागू भइसक्ने छ । र, आगामी पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागू गरिसक्ने लक्ष्य राष्ट्र बैंकको छ । 

आरटीजीएस प्रणाली लागू भएपछि चेक नकाटीकनै अर्को बैंकको खातामा रकम पठाउन सकिने छ। 

अहिलेसम्म कसैलाई रकम दिनु छ भने अकाउन्टपेयी चेक काटेर दिने र सो चेक क्लियरेन्स गर्नको लागि कम्तीमा एकदेखि दुई दिनसम्म लाग्ने गर्थ्यो । तर यो प्रणाली लागू भइसकेपछि भने  एउटा बैंकको खाताबाट अर्को खातामा तुरुन्तै रकम स्थानान्तरण गर्न सकिनेछ । 

यसको लागि ग्राहकले आफ्नो खाता भएको बैंकमा गएर अर्को खातामा रकम ट्रान्सफर गरिदेउ भन्ने व्योहोराको फाराम भर्नुपर्छ । 

राष्ट्र बैंकका अनुसार यो सेवा रु। २ लाख भन्दा माथिको भुक्तानीका लागि ऐच्छिक रुपमा लागू हुनेछ भने रु। २० लाखभन्दा माथिको रकमका हकमा अनिवार्य गरिएको छ । 

नेपाल राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिमा नै आरटीजीएस लागू गरिने जनाए पनि कार्यान्वयनमा आएको थिएन । आरटीजीएस लागू भएपछि बैंकहरुलाई चेक बनाउने झन्झट हुँदैन भने ग्राहकलाई चेक काट्ने झन्झट पनि हुदैन । 

आरटीजीएसको कारोबार गरेवापत प्रतिकारोबार रु। १०  शुल्क लाग्छ भने बैकिङ समयपश्चात् भुक्तानी गर्नुपरेमा रु।१००  शुल्क लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्