शुक्रबार, मंसिर ६, २०७६

समाचार

अवैध भारुसहित एकजना पक्राउ  

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख ८० हजार अवैध रकमसहित प्रहरीले शुक्रबार दिउँसो एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

अवैध भारुसहित एकजना पक्राउ  
धनगढी - भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख ८० हजार अवैध रकमसहित प्रहरीले शुक्रबार दिउँसो एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनगढी भन्सार नाकाबाट प्रहरीले पलिया खिरी घर भई धनगढी उपमहानगरपालिका-१ बस्ने अतुल बर्मालाई पक्राउ गरेको हो। 

यूपी ३१ एके ७३४८ नम्वरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

विशेष सूचना पाएपछि नाकामा गाडी कुरेर बसेको प्रहरीले त्रिनगर भन्सार नाकामा इन्ट्री गरीसकेपछि गाडी नियन्त्रणमा लिएको हो। चालक बर्माले ५० हजार खल्तिमा र अन्य रकम गाडी भित्र लुकाएका थिए। यति धेरै रकम कहाँबाट र कसरी आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्