शुक्रबार, मंसिर ६, २०७६

समाचार

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ता ओम प्रसाद थपलियालले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश
हेटौडा – प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ता ओम प्रसाद थपलियालले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। उनले बिहीबार प्रदेश प्रमुख अनुराधा कोइरालालाई प्रतिवेदन पेश गरेका हुन्। 

प्रतिवेदन पेश गर्दै मुख्य न्यायाधिवक्ता थपलियालले न्याय प्रणालीमा निष्पक्षता, चुस्तता एवम् अन्य न्यायिक चुनौतिका पक्षको चर्चा गर्दै दश बुँदामा सुझावहरु रहेको उल्लेख गरे। उनले आगामी दिनमा मुख्य न्यायाधिवक्ताको वार्षिक कार्ययोजना पनि दश बुँदामा नै रहेको जानकारी दिए।

कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेललगायत अन्य मन्त्रीहरुको समेत सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्