शुक्रबार, मंसिर ६, २०७६

समाचार

अमेरिकामा कार दुर्घटनामा परेर  ३ नेपालीको मृत्यु 

अमेरिकाको मिजुरी राज्यमा कार दुर्घटना हुँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। नेपाली सवार कार ...

अमेरिकामा कार दुर्घटनामा परेर  ३ नेपालीको मृत्यु 
काठमाडौं– अमेरिकाको मिजुरी राज्यमा कार दुर्घटना हुँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। 

नेपाली सवार कार रोकिराखेको बेला पछाडीबाट पिकअप ट्रकले ठक्कर दिदा तीन जनाको मृत्यु भएको हो । एक बालकसहित २ जना गम्भीर घाइते भएका छन् । 

मंगलबार भएको दुर्घटनमा परि मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा–आमा अमेरिका घुम्न नेपालबाट गएको त्यहाका नेपालीहरुले बताएका छन् । 

कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। 
प्रतिक्रिया दिनुहोस्