विहीबार, फागुन ८, २०७६

z
अर्थ

फेरि बढ्यो डलर र सुन-चाँदीको मुल्य

आज, बुधबार सुनको भाउ एक हजार रुपैयाँले बढेको छ भने अमेरिकी डलर पनि १.६० रुपैयाँले बढेको छ । 

फेरि बढ्यो डलर र सुन-चाँदीको मुल्य
काठमाडौं- आज, बुधबार सुनको भाउ एक हजार रुपैयाँले बढेको छ भने अमेरिकी डलर पनि १.६० रुपैयाँले बढेको छ । 

मंगलबार एक अमेरिकी डलरको बिक्री दर ११४.५५ रुपैयाँ थियो भने बुधबार ११६.१५ रुपैयाँ पुगेको छ । त्यस्तै बुधबार छापावाल सुनको मूल्य एक हजारले महंगिएर ७३ हजार ५०० रुपैयाँ प्रति तोला पुगेको छ । 

त्यस्तै चाँदी पनि ४५ रुपैयाँले बढेर प्रतितोला ९४० रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । 

डलर महंगिदा नेपाली निर्यातकर्ताहरुलाई फाइदा हुन्छ भने आयातित सामग्रीको मूल्य बढ्ने गर्दछ । 

नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैयाँसँग स्थिर छ । जसका कारण भारतीय रुपैयाँ डलरसँग कमजोर हुँदा नेपाली रुपैयाँ पनि डलरसँग स्वतस् कमजोर हुन्छ । 

डलर मंहगो हुँदा नेपालमा मुल्यवृद्धि हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्