शुक्रबार, फागुन १६, २०७६

z
विदेश

अन्ना हजारे अस्पताल भर्ना

भारतीय समाजसेवी अन्ना हजारे अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि हजारेलाई मंगलबार अस्पताल भर्ना गरिएको हो।

अन्ना हजारे अस्पताल भर्ना
काठमाडौं - भारतीय समाजसेवी अन्ना हजारे अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि हजारेलाई मंगलबार अस्पताल भर्ना गरिएको हो।

भारतको विभिन्न समाजिक आन्दोलनमा सक्रिय ८२ वर्षीय हजारेको छातीमा समस्या भएको जनाइएको छ। हजारेलाई महाराष्ट्रको पुणेस्थित वेदान्ता अस्पतालमा भर्ना गरिएको हो।

नरेन्द्र मोदी नेतृत्वको सरकारले केही दिनअघि लोकसभाबाट सूचनाको अधिकार सम्बन्धी कानूनमा संशोधन गरेको थियो। जसको विरोध हजारेले गर्दै आएका थिए।
अस्पतालका अनुसार हजारेको स्वास्थ्य अवस्था अहिले समान्य छ।
प्रतिक्रिया दिनुहोस्