बुधबार, कात्तिक २७, २०७६

समाचार

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या

पतिको सुस्वास्थ्य र दीर्घायुका लागि देशभरका महिलाहरू तीज मनाइरहँदा रुकुम पश्चिममा श्रीमतीको हत्या भएको छ ।

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या
सांकेतिक तस्बिर ।
सुर्खेत- पतिको सुस्वास्थ्य र दीर्घायुका लागि देशभरका महिलाहरू तीज मनाइरहँदा रुकुम पश्चिममा श्रीमतीको हत्या भएको छ । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले खुर्पा प्रहार गरी २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् । 

अत्यधिक मदिरा सेवन गरेका नवीनले सोमबार राती ८ बजे श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनापछि फरार रहेका नवीनलाई आज बिहान घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको र हत्यामा प्रयोग गरिएको खुर्पा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्