शनिबार, जेठ १७, २०७७

z
समाचार

चट्याङबाट वृद्धको मृत्यु

जिल्लाको शम्भुनाथ नगरपालिका-६, वस्लपुरको पानीट्यांकीनजिक चट्याङ लागेर शनिबार वृद्धको ज्यान गएको छ ।

चट्याङबाट वृद्धको मृत्यु
सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिका-६, वस्लपुरको पानीट्यांकीनजिक चट्याङ लागेर शनिबार वृद्धको ज्यान गएको छ ।
 
मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका-९, लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्