मंगलबार, मंसिर ३, २०७६

मनोरञ्जन

‘साहो’ : अभिनय फितलो, एक्सन दमदार 

दुई वर्षअघिको सुपरहिट फिल्म ‘बाहुबली’का अभिनेता प्रभाषले ‘साहो’माझ पर्दामा फर्किएका छन् । अहिले यो फिल्म भारत र नेपालका विभिन्न हलमा चलिरहेको छ । ग्याङवार तथा चोर-पुलिस ड्रामा रहेको यो फिल्मलाई भिजुअल ट्रिट मानिएको छ ।

‘साहो’ : अभिनय फितलो, एक्सन दमदार 
काठमाडौं- दुई वर्षअघिको सुपरहिट फिल्म ‘बाहुबली’का अभिनेता प्रभाषले ‘साहो’माझ पर्दामा फर्किएका छन् । अहिले यो फिल्म भारत र नेपालका विभिन्न हलमा चलिरहेको छ । 

ग्याङवार तथा चोर-पुलिस ड्रामा रहेको यो फिल्मलाई भिजुअल ट्रिट मानिएको छ । बदला, रोमान्स र रहस्यले फिल्मलाई रोमाञ्चक बनाएको छ । तर, कथा बिल्डअप हुन निकै समय लिँदा पहिलो भागसम्म दर्शकलाई बोर अनुभव गराउँछ । 

फिल्मको दोस्रो भाग भने ट्विस्टले भरिपूर्ण छ । यसले पहिलो भागको कमजोरीलाई केही हदसम्म भरपाई गरेको छ । 

फिल्मको दृश्यमा नायकले दस-दस बाहुबलीसँग एकसाथ लडेको, तीव्र गतिमा गाडी चलाएको, गोली चलिरहँदा पनि रोमान्स गरेको देखाइएको छ । 

फिल्ममा लामो-लामो एक्सन दृश्य छन् । त्यति मात्रै होइन, पाँच मिनेटको अन्तरालमा राखिएका एक्सन दृश्यले यसका पारखीलाई रोमाञ्चित बनाएका छन् । तर, केही दृश्य अविश्वसनीय पनि लाग्छन् । 
करिब दुई वर्षपछि ‘साहो’बाट पर्दामा फर्किएका प्रभाषले फिल्ममा राम्रो अभिनय भने गर्न सकेका छैनन् । विशाल सेट्स, सानदार कार तथा स्टाइलिस कस्ट्युमले उनको स्क्रिन प्रजेन्स कमाल बनाइएको छ । तर, उनले फिल्ममा अभिनयबाट प्रभावित भने गर्न सकेका छैनन् । यद्यपि, उनको एक्सन भने कमालको छ । 

फिल्ममा प्रभाषका अलावा, श्रद्धा कपुर, नील नितिन मुकेश तथा चंकी पांडेयको मुख्य भूमिका छ । श्रद्धा कपुरले पनि अभिनयको तुलनामा एक्सन राम्रो गरेकी छन् । अन्यको अभिनय भने ठिकठाक छ । 

फिल्म तेलुगु, तमिल, मलयालम तथा हिन्दीमा रिलिज गरिएको छ । फिल्मको निर्देशन २८ वर्षीय तेलुगु निर्देशक सुजितले गरेका छन् । सुजितले पाँच वर्षअघि तेलुगु फिल्म ‘रन राजा रन’ बाट डेब्यु गरेका थिए । ‘साहो’ उनको दोस्रो फिल्म हो ।

यसकारण फिल्म निर्देशनमा अनुभवको कमी देखिएको छ । 

फिल्ममा संगीत औसत छ । गीतको प्लेसिङ भने खराब देखिएको छ । तर, लोकेसन र सिनेमैट्रोग्राफी कमाल छ । फिल्म सम्पादन पनि खासै राम्रो छैन । 

जेसुकै भए पनि प्रभाषका प्रशंसक र लामो फाइट हेर्न शौखिनले फिल्म हेरेर मज्जा लिन सक्नेछन् !
प्रतिक्रिया दिनुहोस्