बुधबार, कात्तिक २७, २०७६

बजार

गणेश सेकेण्डरी स्कुललाई ग्लोबल सेपर्सको भवन उपहार

ग्लोबल सेपर्सले बुढानिलकण्ठमा भएको गणेश सेकेण्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन हस्तानान्तरण गरेको छ । एक कार्याक्रमकाबीच सांसद गगन थापाले विद्यालयलाई भवन हस्तानान्तरण गरे । 

गणेश सेकेण्डरी स्कुललाई ग्लोबल सेपर्सको भवन उपहार
काठमाडौं-ग्लोबल सेपर्सले बुढानिलकण्ठमा भएको गणेश सेकेण्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन हस्तानान्तरण गरेको छ । एक कार्याक्रमकाबीच सांसद गगन थापाले विद्यालयलाई भवन हस्तानान्तरण गरे । 

कार्यक्रममा बुढानिलकण्ठका मेयर उद्धव खरेल, प्रदेश नं. ३ का सांसद भिमसेन खत्री ग्लोवल सेपर्सका युवा नेतृ आस्मी राणा ,स्थानीय नेता, उक्त स्कुलका शिक्षक र प्रधानाध्यापकको पनि उपस्थिति थियो । 

गोरखामा आएको भुकम्पपछि ग्लोबल सेपर्सले भुकम्पबाट प्रभावित बिद्यार्थीहरुका लागि उक्त स्कुलको भवन स्थायी रुपमा बनाउने योजना बनाएका थिए । गोरखामा आएको भुकम्पले श्री गणेश सेकेण्डरी स्कुलको भवनमा धेरै क्षति पुर्‍याएको थियो । ग्लोबल सेपर्सले स्कुल भवनको सुरक्षा लाई ध्यानमा राखी नयाँ र आधुनिक सुबिधा का साथ उक्त भवनको निर्माण गरेको छ । 

 उक्त स्कुलको भवन निर्माणको लागि ग्लोबल सेपर्सले रिलायन्स ग्रुप नेपाल , एम.सी. ग्रुप कतार एयरवेज , एन.आई.सी एसिया बैँक र एन.आई .बि.एल. बैँक जस्ता विभिन्न संस्थाहरु बाट सहयोग लिएका थिए । 
 
प्रतिक्रिया दिनुहोस्