आईतबार, मंसिर १, २०७६

समाचार

इटहरीमा ‘क्लोथ बैंक’ 

श्रावण दोश्रो साता इटहरीका स्थानीय व्यवसायी र सामाजिक अभियन्ताहरुले क्लोथ बैंक (राम्रा र लायनलायक लुगाहरुको संकलन केन्द्र) खोल्ने निर्णय गरे।

इटहरीमा ‘क्लोथ बैंक’ 
इटहरी – श्रावण दोश्रो साता इटहरीका स्थानीय व्यवसायी र सामाजिक अभियन्ताहरुले क्लोथ बैंक (राम्रा र लायनलायक लुगाहरुको संकलन केन्द्र) खोल्ने निर्णय गरे।

१२ गते छलफल भयो। १३ गते क्लोथ बैंको स्थापना नै भयो। ‘सहयोगी भित्ता’ नाम दिइएर रेयुकाइ चौतारीमा झुन्ड्याइएको डोरीमा कपडा ल्याउँदै झुन्ड्याउन थालियो। आवश्यक हुनेले लान थाले। सार्वजनिक रुपमा क्लोथ बैंक संचालनको पहिलो दिनमै दर्जनौंले कपडा ल्याएको र आधा दर्जनले लगेको अभियन्ता बिमल पौडेलले बताए। उनले भने, ‘हामीले सोचे जस्तै उत्साहप्रद प्रगति भएको छ।’

लुगा दिनेहरुको संख्या पनि अत्यधिक बढेको क्लोथ बैंकका अध्यक्ष भरत श्रेष्ठले बताए। श्रेष्ठले अत्यधिक दाताहरु बढेकाले दुई दिन अगाडि सामाजिक सञ्जालमै लेखे, ‘धेरै सहयोगी मनहरुबाट सामानहरु पाइरहेकोले हाम्रो अभियन्ता साथिहरुले माग गरेको समयमा मात्रै उपलब्ध गराइ दिनहुन खुसीको साथ यो जानकारी गराउँदछौं।’

इटहरीका स्थानीयले प्रयोग गरेका तर लाउन मिल्ने र नयाँ दुबै खाले लुगा संकलन गर्ने सर्तसहित क्लोथ बैंक संचालन गरिएको यसका अगुवा राजु केसी बताउँछन्। केसीका अनुसार निःशुल्क कपडा लिने र दिनेको लागि यो कार्यक्रम ल्याइएको हो।
 
इटहरी रेडक्रस अध्यक्ष बिमल पौडेल, उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कट्वाल भन्डारी, उपाध्यक्ष अनिखल सुब्बा (काका), अभियन्ता संजिव ढुंगाना, व्यवसायी भरत श्रेष्ठ, रन्जु सिग्देल आदिको अगुवाइमा क्लोथ बंैक संचालनमा आएको हो।

पहिलो चरणमा लुगाहरु लिइएपनि पछि क्रमशः जुत्ताचप्पल देखि किताब कापीसम्म यसैगरि संकलन गरिने अभियन्ता बिमल पौडेल बताउँछन्।
प्रतिक्रिया दिनुहोस्