मंगलबार, मंसिर ३, २०७६

बजार

माछापुच्छ्रे बैंकले शेयर धनीलाई लाभांश वितरण गर्ने

माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको बैठकले आफ्ना शेयर धनीलाई लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।

माछापुच्छ्रे बैंकले शेयर धनीलाई लाभांश वितरण गर्ने
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको बैठकले आफ्ना शेयर धनीलाई लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।

बुधबार बसेको बैठकले गत आर्थिक वर्ष (२०७५/७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो। उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ। 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ।
प्रतिक्रिया दिनुहोस्