शुक्रबार, मंसिर ६, २०७६

समाचार

रोकिराखेको मिनी ट्रकमा दनदनी आगो बलेपछि...

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा रोकिराखेको मिनीट्रक आगजनी भएको छ । बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा अज्ञात व्यक्तिले आगो लगाएको प्रहरीले जनाएको छ । 

रोकिराखेको मिनी ट्रकमा दनदनी आगो बलेपछि...
मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा रोकिराखेको मिनीट्रक आगजनी भएको छ । बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा अज्ञात व्यक्तिले आगो लगाएको प्रहरीले जनाएको छ । 

गाडीका चालक सन्देश कार्कीले आफ्नो घरनजिकै गाडी पार्किङ गरेर राखेका थिए । पार्किङको गाडीमा अकस्मात आगो बलेको स्थानीय एक वृद्धले देखेर खबर गरेपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए।

ट्रकमा आगो कसले, किन लगायो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। ट्रक तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष ट्रक धनी नवीन कार्कीको भएको जनाइएको छ । 
प्रतिक्रिया दिनुहोस्