मंगलबार, मंसिर ३, २०७६

समाचार

पासाङल्हामु राजमार्ग अवरुद्ध

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको ब्राबलभिरमा वर्षाका कारण तारजालीको टेवा पर्खाल पुरिँदा पासाङल्हामु राजमार्ग बन्द भएको छ। 

पासाङल्हामु राजमार्ग अवरुद्ध
फाइल तस्बिर
रसुवा- गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको ब्राबलभिरमा वर्षाका कारण तारजालीको टेवा पर्खाल पुरिँदा पासाङल्हामु राजमार्ग बन्द भएको छ। 

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार आइतबार बिहानैदेखि सडक क्रमश भासिँदै गएपछि त्यसको सामान्य मर्मतबाट केही समय यातायात सञ्चालन गरिए पनि सडकको सतह पुरै भासिएपछि यातयात बन्द भएको छ। 

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन अल्लपत्र परेका छन्। सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरबाट सडकको भित्ता फोरेर सडक खुलाउने प्रसास भइरहेको छ। 

सडक सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीसमेत परिचालन गरिएका प्रजिअ भण्डारीले जानकारी दिए। रासस
 
प्रतिक्रिया दिनुहोस्