शुक्रबार, मंसिर ६, २०७६

समाचार

यी खानेकुरा, जसले गर्मीमा छालालाई बनाउँछ स्वस्थ 

चिसो होस् वा गर्मी, जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्न आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान । 

यी खानेकुरा, जसले गर्मीमा छालालाई बनाउँछ स्वस्थ 
काठमाडौं । चिसो होस् वा गर्मी, जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्न आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान । 

चिकित्सकका अनुसार खानपानबाट पनि छाला स्वस्थ राख्न सकिन्छ । यसका लागि फलफूल र हरियो सागपात खानुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार गर्मीमा यी खानेकुरा खाएर छाला स्वस्थ राख्न सकिन्छ ।

अन्डा


अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ । नियमित अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउँदैन । यस्तै, अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । 

गाँजर


गाँजरमा भरपूर मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यससँगै गाँजरको नियमित उपभोगबाट  रगत सफा राख्न मद्दत पुग्छ । र, छालामा निखार आउँछ ।

बदाम

बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ । त्यसकारण यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पुग्छ । यो स्मरण शक्ति बढाउने ‘रामबाण’ नै मानिन्छ । 
बदामको दूध स्वास्थ्यको लागि निकै फाइदाजनक मानिएको छ । यसको दूधले शरीरमा सुगर लेबललाई नियन्त्रण गर्छ । 

(एजेन्सीको सहयोगमा)
 
प्रतिक्रिया दिनुहोस्