शनिबार, फागुन १७, २०७६

z
समाचार

लागुऔषधसहित दुई पक्राउ

पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषधसहित दुई पक्राउ
कास्की । पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीबार बेलुका पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामालाई पक्राउ गरेका हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ०.६८ ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।  

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्