धरहरा निर्माण प्रकिया अघि बढ्यो, यस्तो बन्‍नेछ

सरकारले धरहराको पुनर्निर्माण प्रक्रिया अगाडि बढाएको छ । धरहरा पुनर्निर्माणका लागि पाँचवटा निर्माण कम्पनी प्राविधक छनोटमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।  

धरहरा निर्माण प्रकिया अघि बढ्यो, यस्तो बन्‍नेछ
काठमाडौं- सरकारले धरहराको पुनर्निर्माण प्रक्रिया अगाडि बढाएको छ । 

धरहरा पुनर्निर्माणका लागि पाँचवटा निर्माण कम्पनी प्राविधक छनोटमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।  धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्रधाकिरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा छवटा निर्माण कम्पनी छनोटमा परेका हुन् ।  

प्राधिकरणका अनुसार छनोटमा भएका कम्पनीहरुमा जेइक लामा जेभी, सीआर फाइभ सीईएस, स्वच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईटीसी रमन जेभी र सीआइसीओ कालिका जेभी रहका छन् । 

धरहराको पुनर्निर्माण प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको र साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले  शिलन्यास गर्ने कार्याक्रम तय भएको मानन्धरले जानकरी दिए। नवनिर्मित धरहरा २४ रोपनीमा फैलिने छ । धरहरा निर्माणका लागि गोश्वारा हुलाकका भवन भत्काइने प्राधिकरणले जनाएको छ । हुलाक कार्यलय डिल्लीबजारस्थित चारखालमा सारिने छ ।

२४ रोपनी क्षेत्रफलमा फैलिने धरहरा सरकारले ११ तलाको बनाउने भएको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो ।  

धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरामा लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट