शुक्रबार, मंसिर ६, २०७६

समाचार

नयाँ बसपार्कको होटलमा एक जोडी मृत फेला

काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । मोरङ पर्वत धौलागिरी पोखरा गेस्ट हाउसको ...

नयाँ बसपार्कको होटलमा एक जोडी मृत फेला
काठमाडौँ- काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् ।

मोरङ पर्वत धौलागिरी पोखरा गेस्ट हाउसको कोठा नम्बर १ सय ११ मा एक युवक र युवती मृत फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवैले आत्महत्या गरेको देखाएको छ । मंगलबार राति ११ बजे गेस्ट हाउस आएका उनीहरु बिहान अबेरसम्म ढोका नखोलेपछि गेस्ट हाउसले प्रहरी बोलाएको थियो । ढोका फोडेर हेर्दा युवक भुईँमा र युवती खाटमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त महाराजगन्जका अनुसार दुवै मृतक कट्टु मात्रै लगाएको अवस्थामा भेटिएका थिए। मृतक मध्ये ३७ वर्षीय यमबहादुर मगरको घर चितवनको चैनपुर रहेको र युवतीको नाम भने सुनिता भन्ने ३० वर्षकी सविना बजगाईँ रहेको खुलेको छ। 

युवतीको श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन्। उनको माइती काभ्रेको पनौती भई घर मकवानपुर सालढुंगा भएको खुलेको प्रहरीले जनाएको  छ। 
प्रतिक्रिया दिनुहोस्