बुधबार, कात्तिक २७, २०७६

समाचार

स्कारपियोले ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा स्कारपियोले ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ ..

स्कारपियोले ठक्करबाट साइकलयात्रीको मृत्यु
नारायणगढ- चितवनमा स्कारपियोले ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति स्कारपियोले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको हो ।

हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्दाजी ३०÷३५ वर्षीय मृतक साइकलयात्रीको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्