बुधबार, कात्तिक २७, २०७६

समाचार

पोखरी विवाद टुङ्गियो 

पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालयको दक्षिणपट्टि रहेको स्थानमा १८ महिनापछि पोखरी निर्माण सुरु गर्ने सहमतिसँगै एक महिनादेखिको पोखरी विवाद टुङ्गिएको छ।

पोखरी विवाद टुङ्गियो 
ललितपुर - पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालयको दक्षिणपट्टि रहेको स्थानमा १८ महिनापछि पोखरी निर्माण सुरु गर्ने सहमतिसँगै एक महिनादेखिको पोखरी विवाद टुङ्गिएको छ।
 
महानगरका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकपछि दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेसँगै यो विवाद टुङ्गिएको हो । सहमति पत्रमा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सकिएपछि अर्थात सन् २०२१ जनवरी तेस्रो साताबाट उक्त पोखरीको निर्माण सुरु गर्ने उल्लेख गरिएको छ। 

 महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२० लाई लक्षित गरेर यस स्थानमा केही समय पार्किङ नै संचालन गर्न लागेको बताए। उनले भने , ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र यस्तो खुल्ला ठाउँ छैन, त्यसैले त्यो समयसम्म पार्किङ नै संचालन गर्न लागेका हौं।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा चिरकाल पर्यन्त पार्किङ संचालन गर्ने योजना नबनाएको प्रष्ट पारे।

पार्किङ सञ्चालन भएको स्थान २०२१ सालसम्म पोखरी थियो। त्यहाँ टिकाभैरवदेखि राजकुलोबाट पानी आउँथ्यो। वस्ती विस्तारसँगै राजकुलो मासिँदा त्यो स्थान मैदानमा परिणत भएको थियो। 
प्रतिक्रिया दिनुहोस्