शुक्रबार, मंसिर ६, २०७६

मनोरञ्जन

६ सयको साडीमा चर्चा बटुलेकी कंगना 

बलिउड स्टारहरु प्रायः महंगो पहिरन र उत्तेजक डिजाइनकै कारण चर्चामा आउने गर्छन्।

६ सयको साडीमा चर्चा बटुलेकी कंगना 
बलिउड स्टारहरु प्रायः महंगो पहिरन र उत्तेजक डिजाइनकै कारण चर्चामा आउने गर्छन्। तर, चर्चित बलिउड अभिनेत्री कंगना रानावट भने यसको ठीक विपरीत कारण चर्चामा आएकी छिन्। 

भारतको जयपुरको कार्यक्रममा सहभागी हुनकोलागि उनले भारतीय ६ सय रुपैयाँको साडी लगाएपछि चर्चा बटुलेकी हुन्। बलिउडमा कंगनालाई बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छ। यती कम मूल्यमा यस्तो गुणस्तरको साडी पाइन्छ भन्ने आफूले कल्पनासमेत नगरेको उनी बताउँछिन्।
प्रतिक्रिया दिनुहोस्